1 year ago
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।
एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि पहिलो हाफमा भएको एकमात्र गोलको मद्दतमा एनआरटीले जित निकालेको हो ।
१३औं मिनेटमा थ्री स्टारका अरुज सिंहको बक्स भित्र बाट गरेको प्रहार पोस्टको माथिबाट बाहिरियो । २६औं मिनेटमा एनआरटीका अशोक थापाको प्रहार थ्री स्टार गोलरक्षक अभिषेक बरालले सहजै बचाए ।
२९औं मिनेटमा एनआरटीले गोल गर्न सफल भयो । विवेक गुरुङले शक्तिशाली फ्रिकिक गोल गर्दै खेलमा एनआरटीलाई अग्रता दिलाए ।
४२औं मिनेटमा थ्री स्टारका कप्तान योगेश गुरुङले बक्स भित्रबाट पोस्टको माथि प्रहार गरे । पहिलो हाफको अन्त्यमा अरूजकै हेडर पोस्टको थोरै टाढाबाट बाहिरियो ।
६०औं मिनेटमा थ्री स्टारका आशिष चापागाईंको प्रहार ब्लक भएपछि दिपेश घलेले पोस्टको केही टाढा प्रहार गरे ।
६५औं मिनेटमा एनआरटीका संजीव विष्टको प्रहार अभिषेकले सुन्दर ढंगले बचाए । ७१औं मिनेटमा आशिषको प्रहार एनआरटी गोलरक्षक पुजन होनाले राम्रो बचाउ गरेर बाहिर फालिदिए । ८६औं मिनेटमा थ्री स्टारकै आदित्य शाक्यको हेडर पनि पोस्टको दिशामा रहन सकेन ।
एनआरटीले अब सेमिफाइनलमा केपी ओली एफसी र जावलाखेल युथ क्लब बीचको विजेता विरुद्ध खेल्ने छ । प्रतियोगितामा आजको दोस्रो खेलमा दिनको ३ बजे नेपालले पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।
प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिता फागुन १९ गते समापन हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]