default_image

7 months ago

February 25, 2024

बार्सिलोनाको सानदार जित

404 views

0 Bookmark

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाको गएराती सम्पन्न लालिगा अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ । बार्सिलोनाले गेटाफे माथि ४-० को फराकिलो जित निकालेको हो । धेरै समयपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले चार गोल गर्न पुग्यो ।

खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । जुल्स कुन्डेले आफ्नै हाफबाट खेलेको पासमा गोल गर्दै उनले खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।

५३औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो । आन्द्रेयास क्रिसटिन्सनको पासमा सहजै गोल गर्दै जोआओ फेलिक्सले अग्रता दुई गोलको बनाएका थिए ।

६१औं मिनेट फ्रेन्की डि योङले खेलको तेस्रो गोल गरे । राफिन्हाले दिएको पासमा किपर बिट भइसकेको अवस्थामा गोल गर्दै उनले खेलको तेस्रो गोल गरेका थिए । त्यसपछि खेलको अन्त्यतिर फर्मिन लोपेजले गोल गर्दै सानदार जित सुनिश्चित गर्ने ।

जित पछि बार्सिलोना २६ खेलमा ५७ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । २५ खेलमा ६२ अंकसहित रियल म्याड्रिड पहिलो स्थानमा छ । समान २५ खेलमा ५६ अंक भएको जिरोना तेस्रो छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.