default_image

1 year ago

February 25, 2024

म्यानचेस्टर सिटी र आर्सनलको‌ जित

806 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् ।

सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे ।

आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो।

काइ हाभार्टले २४औं, बुकायो साकाले ६५औं र जाकुव किविओरले ६९औं मिनेटमा गोल गरेपछि टोली ४-० ले अगाडि रह्यो। न्युकासलका लागि ज्याक विल्लकले ८४औं मिनेटमा गोल फर्काए ।

शनिबारको‌ नतिजापछि सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी १ मा घटाएको छ । २६ खेलबाट लिभरपुलको ६०, दोस्रो स्थानको सिटीको ५९ र दोस्रो स्थानको आर्सनलको ५८ अंक छ ।

शनिबारका अन्य खेलमा फुलहमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले, एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४-२ ले,  क्रिस्टल प्यालेसले बर्नलीलाई ३-० ले हराएको छ ।  ब्राइटन र एभर्टनले १-१ को बराबरी खेले।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.