default_image

7 months ago

February 25, 2024

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

16522 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गर्दा रेखा पौडेल र गीता रानाले १-१ गोल गरे । पहिलो हाफमा रेखाको पासमा साम्बाले गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफमा साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।

त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० ले अघि बढाइन् । इन्ज्युरी समयमा साम्बालाई पेनाल्टी क्षेत्रभित्र साम्बालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गीताले पेनाल्टीमा गोल गर्दै नेपालको ४-० को जित पक्का गरिन् ।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.