default_image

1 year ago

February 24, 2024

पाँचथर गोल्डकप – शुक्रराजको ह्याट्रिकमा आयोजकको जित

501 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

चौथो पाँचथर गोल्डकप प्रतियोगितामा आयोजक पाँचथर क्लबले विजयी सुरुआत गरेको छ । शनिबार उद्घाटन खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३–० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानिय खेलाडी मात्र समेटेर टोलीको निर्माण गरेको पाँचथरले नमोबुद्ध माथि जित निकालेको हो । ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी लिएर उत्रेको नमोबुद्ध पहिलो खेलमै स्तब्ध बन्यो । पाँचथरको जितमा शुकराज राईले ह्याट्रिक गरे ।

फिदिम माविको खेलमैदान आठौं मिनेमा शुक्रराजले पहिलो गोल गरेका थिए । विपक्षी गोलकिपरले बल क्लियर गर्न नसक्दा शुक्रराजको गोल सम्भव भएको हो । खेलको ३३ औं मिनेटमा शुक्रराजले अर्को गोल गरे । मध्यभागबाट बल अघि बढाउँदै उनले गोल गरेका थिए । ६१ औं मिनेट जमिन लम्समको पासमा गोल गर्दै शुक्रराज ह्याट्रिक पूरा गरका थिए ।

दोश्रो हाफमा केहि सुधारिएको प्रर्दशन गरे पनि नमोबुद्ध खेलमा फर्कन सकेन । ७० औं मिनेटमा नमोबुद्धका सुदिप लामाको प्रहार आकाशियो । ७४ औ मिनेटमा नमोबुद्धका सरोज तामाङको प्रहार पाँचथरका गोलकिपर मिराक खजुमले मुस्किलले बचाएका थिए ।

खेलाडीका बीचमा तालमेल नमिल्दा पराजित हुन परेको नमोबुद्धका प्रशिक्षक सुरेश लामाले बताए । खेल रणनित अनुसार खेलाडीले खेल्दा जित सम्वभ भएको पाँचथरका प्रशिक्षक मिलन जबेगुले बताए ।

ह्याट्रिक गरेका शुक्रराज म्यान अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । उग्रेन तामाङ खेलको फ्यान अफ दि म्याच बने । सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) राजेश राई बने । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

उद्घाटन खेलमा १ हजार ८ सय ७७ दर्शक प्रवेश गरेका छन् । पहिलो दिन ६ सय ७९ टिकट विक्रीबाट १ लाख १ हजार ८ सय ५० रुपौयाँ संकलन भएको आयोजकले जानकारी दिएका छन् ।

ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल सहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

पाँचथर गोल्डकपमा आइतबारको खेल
झापा ११ विरुद्ध रेडहर्स फुटबल क्लब इलाम
खेल समय – दिउँसो २ बजे

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.