default_image

8 months ago

February 24, 2024

एनआरटीलाई दीलिप राणा स्मृति चितवन भेट्रान उपाधि

379 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, भरतपुर

एनआरटी एफसी भेट्रानले स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधि ले जितेको छ ।

चाबहिल भेट्रानलाई शनिबार १–० ले हराउँदै एनआरटी च्याम्पियन बनेको हो । नरेश श्रेष्ठको गोलमा एनआरटी च्याम्पियन बनेको थियो । खेलको अन्त्य तिर चाबहिल भेट्रानले बराबरी गर्ने अवसर पाए गोल हुन सकेन । एनआरटीका नरेश म्यान अफ दि म्याच भए ।

विजेता एनआरटीले ट्रफीसहित १ लाख ५० हजार र चाहबिलले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । चाबहिलका पासाङ शेर्पा प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । एनआरटीका सुन्दर थापा प्रतियोगिताका उत्कृष्ट गोलरक्षक र सोही टोलीका राजनलाल नेपाली उत्कृष्ट डिफेन्डर भए ।

फाइनलमा गोल गरेका एनआरटीका नरेश उत्कृष्ट मिडफिल्डर घोषित भए । चाबहिलका कप्तान पासाङ शेर्पा सर्वाधिक गोलकर्ता भए । यस्तै एनआरटीकै आशिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
चितवन भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा देशभरका १८ टोली सहभागी थिए ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.