default_image

7 months ago

February 22, 2024

लिभरपुलको सानदार जित

426 views

0 Bookmark

एजेन्सी- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ। लिभरपुलले बुधबार लुटन टाउनलाई ४–१ गोलले हराएको हो ।

लिभरपुलका लागि भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलियटले गोल गरे । खेलमा अग्रता भने लुटनले‌ लिएको थियो। चियोडोजी ओग्बेनेले १२औं मिनेटमा गोल गरेका थिए। भान डाइकले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

गाक्पोले ५८औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो। डियाजले ७१ औं मिनेटमा र इलियटले ९०औं मिनेटमा गोल गरेपछि लिभरपुलको‌ जित सहज बनेको थियो।

शीर्षस्थानको लिभरपुल २६ खेलमा ६० अंक पुगेको छ।एक‌ खेल कम खेलेको म्यानचेस्टर सिटीको ५६ अंक छ। लुटन २५ खेलमा २० अंकसहित १८औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.