default_image

7 months ago

February 20, 2024

पुलिस स्कुललाई फुटबल उपाधि

571 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस स्कुल साँगाले प्रथम एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

स्कुलको १९औं स्थापना दिवस आयोजित प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई सडन डेथमा हराउँदै पुलिस स्कुल उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबर र पेनाल्टी सुटआउटमा ४–४ को बराबरी भएपछि निर्णय सडन डेथमा भएको थियो । पेनाल्टीमा समग्रमा ६–५ ले पुलिस स्कुल विजयी भएको थियो ।

पुलिस स्कुलका दिपसन परियार उत्कृष्ट गोलरक्षक र एपिएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पाले उत्कृष्ट खेलाडी चुनिए । सैनिक आवासीय महाविद्यालयका दिग विजय शाहीले उच्च गोलकर्ता बने र उनले गोल्डेन बुट प्राप्त गरेका छन् । सैनिक महाविद्यालय फेयर प्ले टोली घोषित भएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए । गत माघ २२ गतेदेखि संचालन भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टोलीको सहभागिता थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.