default_image

7 months ago

February 20, 2024

नेपालको पहिलो हाफमा तीन गोल

2263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको मध्यान्तरसम्म नेपालले सिरिया विरुद्ध तीन गोल गर्न सफल भएको छ । नेपालले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ ।

नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारी (साम्बा) ले समान एक एक गोल गरेका हुन् ।

खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी भएको थियो । सुरुवाती समयमा साम्बातिर केन्द्रित भएको नेपाली अग्रपंक्तिले लगातार आक्रमण बुनिरहेको थियो । मिडफिल्डमा प्रिती राई उच्च लयमा देखिरहेकी छन् । नेपालले लगातार सिरियन टोलीबाट गल्तीहरू गराइरहेको थियो ।

दोस्रो मिनेटमा पूजा रानाको लामो पास सिरिया गोलरक्षक रनिम लतिफले फुस्काएपनि त्यहाँ कुनै खतरा रहन सकेन । सातौं मिनेटमा प्रिती राईको लङ रेन्ज प्रहार पोस्टको दिशामा रहन सकेन ।

अर्को मिनेटमा गीता रानाको लामो बलले पनि साम्बालाई भेटाउन सकेन । सोही मिनेटमा प्रिती राईको क्रससम्म पनि साम्बा पुग्न सकिनन् ।

१०औं मिनेटमा नेपालले खेलमा अग्रता लिन सफल भयो । डिफेन्डर मयर अलुशले बल सिधै प्रिती राईको खुट्टामा दिएपछि उनको प्रहार ब्लक हुन पुग्यो । तर बल बक्स भित्र खाली रहेकी अमिषा कार्कीको खुट्टामा पुगेपछि उनले शक्तिशाली प्रहार गर्दै खेलमा नेपाललाई अग्रता दिलाइन् ।

त्यसपछि पनि नेपालले लगातार आक्रमण बनिरह्यो । १२औं मिनेटमा प्रितीको अर्को लङ रेन्ज प्रहार लतिफले बचाइन् । सोही कर्नर किकमा नेपालले दोस्रो गोल गर्न सफल भयो । अनिता बस्नेतले प्रहार गरेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो ।

१९औं मिनेटमा नेपालले खेलको तेस्रो गोल गर्यो । प्रितीले आफ्नै हाफबाट खेलेको थ्रु-पासमा गरेको पहिलो प्रहार लतिफले बचाएपनी बल उनकै खुट्टामा रह्यो । त्यसपछि उनले खेलेको पासमा साम्बाले सहजै गोल गर्न सफल भइन् ।

तेस्रो गोलपछि भने खेलमा नेपालको प्रभुत्व घट्दै गयो । तर नेपालका लागि खतरा भने बन्न सकेन । ३३औं मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सहज बल समात्न नसक्दा खतरा बनेको थियो । तर उनले दोस्रो पटकमा बल समात्न सफल भइन् ।

३८औं मिनेटमा साम्बाको प्रहार लतिफले बचाउन सफल भइन् । अमिषाको पासमा उनले एक डिफेन्डर छक्याएर गरेको प्रहार लाइनभन्दा अगाडि आएकी लतिफले बचाइन् ।

४३औं मिनेटमा गोलकिपर एन्जिलाको गल्तीमा नेपालले गोल खान पुग्यो । नोर मुस्ताफाको फ्रि-किक समात्ने क्रममा उनले बल नियन्त्रणमा लिन नसक्दा बल गिता रानालाई लागेर पोस्ट भित्र जान पुग्यो ।

नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.