default_image

7 months ago

February 20, 2024

एन्फाको साधारण सभामा लाने विषय मात्र टुंगियो

396 views

0 Bookmark


ललितपुर (हाम्रो खेलकुद )– अर्को साता हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभामा प्रस्ताव गर्ने विषय मात्र यसपटकको कार्यसमितिको बैठकले टुंगो लगाएको छ ।

विविधसहित २९ वटा एजेण्डामा छलफल गर्न ४ दिनसम्म बसेको बैठकले ६ वटा मात्र निर्णय गरेर आइतबार टुंगिएको हो । बैठक माघ ३ गते‌ सुरु भएको थियो।

गत वर्ष असारमा निर्वाचित कार्यसमितिको यसपटक सबैभन्दा लामो समय चलेको‌ थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ यसअघि भन्दा नरम शैलीमा प्रस्तुत हुने अवस्थामा पुगेको एक पदाधिकारीले बताए। यसअघिका अधिकांश बैठकमा बहुमतको आडमा नेम्बाङले निर्णय गराउने गरेका थिए।

यसपटक सुरुमै दुई सदस्य रविन्द्र चन्द र पेमा डोल्मा लामाले थपेका बुँदालाई एजेण्डामा समेट्न नेम्बाङ तयार थिएनन् ।

‘हामी बहुमत ११ जनाले २ सदस्यका बुँदालाई समावेश नगरे बैठक नबस्ने भनेपछि बाध्य भएर अध्यक्ष एजेण्डामा राख्न सहमत हुनुभयो, ती पदाधिकारीले भने,’यस पटक उहाँसँग धेरै विकल्प थिएन। बहुमत आफ्नो पक्षमा नपुग्ने भएपछि नरम हुनुभएको हो । साथीहरूले थप्न माग गरेका बुँदा फुटबलकै विषय हुन् ।’

यसपटकको‌ बैठकका‌ लागि तय एजेण्डा अर्को बैठकमा राख्ने सहमतिमा‌ बैठक टुंगिएको बताइएको छ ।‌ ‘एजेण्डामा कतिपय जटिल विषय छन् । त्यसका लागि समय अभाव हुने देखिएपछि साधारण सभामा‌ प्रस्ताव गर्ने विषय टुंग्याएका हौं । साधारण सभालाई सफल बनाउनु हामी सबैको‌ दायित्व हो,’ ती पदाधिकारीले भने।

बैठकले फागुन १४ गते हुने साधारणसभाको अनुमानित बजेट ४६ लाख ४२ हजार ४ सय ६० रुपैयाँ पारित गरेको छ । सुरुमा ५२ लाख रुपैयाँ भन्दा बढि प्रस्ताव भएपनि त्यसलाई संसोधन गरिएको बताइएको छ।

त्यस्तै २०२४ को वार्षिक अन्तराष्ट्रिय खेल तालिका, एन्फाको आर्थिक नियमावली र कार्य विधि कार्य समितिको परिमार्जनको सुझाव सहितको प्रस्ताव, आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पारित गरि तथा एन्फाको स्वतन्त्र समिति मध्ये लेखा परिक्षण तथा अनुपालन समितिको विषयमा वर्तमान समितिलाई नै आगामी वर्षको लागि जिम्मेवारी प्रदान गर्ने प्रस्ताव नियमति साधारणसभामा निर्णायार्थ पेश गर्ने कार्यसमितिले निर्णय गरेको छ ।

त्यस्तै आ.व. २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन सहितको प्रस्ताव नियमित साधारणसभामा निर्णाययार्थ पेश हुनेभएको छ।
त्यस्तै आ.व. २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट निर्माणको लागि कार्यकारी समितिको प्रस्तावमा ५ सदस्यीय वजेट तथा कार्यकम निर्माण तथा सहयोग समिति गठन भएको छ । समिति गठनमा‌ भने विवाद भएको‌ थियो।

अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा सबै ४ जना उपाध्यक्ष रहनेगरि समिति गठनको प्रस्ताव गरेका थिए। त्यसमा सहमति हुन‌ सकेन।

लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता उपाध्यक्ष दावा लामा फुटबलका गतिविधिमा संलग्न छैनन् । बैठकमा पनि उनी उपस्थित भएनन् । उनलाई समिति मा राख्न नमिल्ने अडान बहुमतले राखेपछि उनी विना समिति गठन भएको थियो।

समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष खड्का, सह-संयोजकना उपाध्यक्ष ,दिपक खतिवडा सदस्यमा‌ उपाध्यक्षद्वय विराट जंग शाही, दिर्घ वहादुर के.सी. (कुमार) र सदस्य रविन्द्र चन्द रहेका छन् ।

उपाध्यक्ष लामा र भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एन्फा महासचिव किरण राईका बारेमा परेको उजुरीका विषयमा प्रश्न गर्ने तयारी पदाधिकारी र सदस्यहरुले गरेपनि समय अभावमा छलफल गर्न नपाएको उल्लेख गर्दै ती पदाधिकारीले अर्को बैठकमा दुबै विषय उठाइने बताए

‘गत वर्ष निर्वाचनपछिको पहिलो बैठकबाटै बहुमतको आडमा चल्ने काम भयो। त्यसले फुटबलमा सबै गतिबिधिमा प्रभावित गरेको छ । यसपटक बहुमत आफ्नो पक्षमा नभएपछि पेलेर जाने अवस्था थिएन । विगतमा उहाँहरुलाई‌ साथ दिने दुई जना साथीहरूले यसपटक साथ दिनु भएन, ती पदाधिकारीले भने, अध्यक्ष र महासचिवलाई‌ यो पटक जस्तो‌ निरिह यसअघि कहिल्यै देखेको थिइन । आखिर फुटबलमा राम्रो गर्नुपर्छ भन्नेमा हामी सबै एक ठाउँमा उभिनै पर्छ। हामीले बहुमतको आधारमा भन्दा अधिकत्तम सहमतिमा अघि बढौं भनेका थियौँ। अहिलेको बैठक हेर्दा बाध्यताले भएपनि सबैको मत सुन्न नेतृत्व बाध्य भएको छ ।’

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.