1 year ago
February 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र फुटबल क्बल छैटौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मकवानपुरको बागमती गाउँपालिका ८ मा जारी प्रतियोगितामाको सोमबार भएको पहिलो सेमिफाइनल खेलमा अर्को ए डिभिजन टोली न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र उपाधि नजिक पगेको हो।
मछिन्द्रको जितमा हिसुब थपलिया र विदेशी खेलाडी स्टेफेन समिरले समान २ विमल घर्ती मगरले एक गोल गरे ।
खेलको नवौं मिनेटमा हिसुबकोे गोलमार्फत सुरुवाती अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा गोल गरेपछि टोली पहिलो हाफमा २-० ले अगाडि रह्यो।
४६ औँ मिनेटमा स्टेफेनले अर्को गोल गरे । ५९ औं मिनेटमा हिसुबले व्यक्तिगत दोस्रो गोल गरे । ६० औं मिनेटमा एनआरटीका विदेशी खेलाडी सेवेले गोल फर्काएका थिए।
मच्छिन्द्रलका विमलले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच मछिन्द्रका हिसुबले घोषित १० हजार रुपैयाँ प्राप्त गरे ।
मछिन्द्रले अब उपाधिका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र नेपाल एपिएफ क्लबमध्ये एकसँग बिहिबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]