default_image

1 year ago

February 19, 2024

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने

558 views

0 Bookmark

दीपक बोहोरा, पाँचथर

यसै साता सुरु हुने चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ ।

पाँचथर क्लबको आयोजनामा फागुन १२ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ ।

ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख ५ हजार, दोस्रोले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा फागुन १३ गते झापा ११ फुटबल क्लब झापा र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुने छ । फाल्गुन १४ गते बाग्मती युथ क्लब सर्लाहीले पथरी ११ फुटबल क्लब मोरङको सामना गर्नेछ ।

फागुन १५ गते भारतको हिल्स फुटबल एकेडेकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फागुन १६ र १७ गते सेमिफाइनल तथा फागुन १९ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले र सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले समान २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.