default_image

7 months ago

February 18, 2024

रियल म्याड्रिड बराबरीमा रोकियो

964 views

0 Bookmark

एजेन्सी – लालिगा तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड आईतबार साँझ भएको खेलमा बराबरीमा रोकिएको छ । रियल रायो भालेकानो विरुद्ध १-१ को बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा नै फेडेरीको भालभर्डेको पासमा गोल गर्दै जोसेलुले खेलमा रियलका लागि अग्रता दिलाएका थिए । बक्सको दायाँ तर्फबाट आएको क्रसमा जोसेलुले पहिलो पटकमै गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा रायोले खेलमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पायो । एडुवार्डो कामाभिंगाले बक्स भित्र ह्यान्डबल गरेपछि रायोले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा राउल डे टोमासले कुनै गल्ती नगरी खेल बराबरीमा ल्याए ।

त्यसपछि पनि खेलमा निकै अवसरहरु सिर्जना भएतापनि खेलमा कुनै गोल हुन सकेन ।

खेलको अन्त्यतिर रियलका ड्यानी कार्भाहाल दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

बराबरी पछि रियल २५ खेलमा ६२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको र ५६ अंक रहेको दोस्रो स्थानको जिरोनाले भोलि राती हुने खेलमा एथ्लेटिक क्लब विरुद्धको खेलमा जित हासिल गर्दै अंकदूरी कम गर्ने मौका पाएको छ ।

रायो भने २५ खेलमा २५ अंक सहित १४औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.