1 year ago
February 17, 2024
हेटौंडा (हाम्रो खेलकुद) – मछिन्द्र एफसी छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिकामा जारी प्रतियोगितामा शनिबार अर्को ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
बागमती–८ स्थित जनता माविको मैदानमा मछिन्द्रले पेनाल्टी सुट आउटमा ३–१ ले हराएको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
पेनाल्टीमा जावलाखेलका छिरिङ लामा मात्र गोल गर्न सफल भएका थिए । जावलाखेलका अशोक खवास ,अनिल महर्जन र सुनिल खड्काले गोल गर्न सकेनन् ।
मछिन्द्र क्लबका लागि विशाल तामाङ , अभिषेक गुरुङ र क्रिस्टोफर चिजोबाले गोल गरे । विमल घर्तीमगर भने गोल गर्न असफलभ ए । मछिन्द्रका प्रदीप भण्डारी खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।
सेमिफाइनलमा मछिन्द्रले एनआरटीको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आइतबार आयोजक बागमती खेलकुद विकास समिति र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्र्रो टोलीले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]