default_image

7 months ago

February 17, 2024

लिभरपुलको सानदार जित

1018 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको पहिलो खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले ब्रेन्टफोर्ड माथि ४-१ को जित निकालेको हो ।

पहिलो हाफमा नै चोटका कारण दुई खेलाडी गुमाउन पुगेको लिभरपुलले अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गर्दै जित भने दर्ता गर्यो ।

३५औं मिनेटमा डियोगो जोटाको पासमा डार्विन नुनेजले उत्कृष्ट चिप गोल गर्दै खेलमा लिभरपुलका लागि अग्रता दिलाएका थिए । ५५औं मिनेटमा मोहम्मद सालाहको पासमा एलेक्सिस मकयालिस्टरले लिभरपुलको अग्रता दोब्बर बनाए ।

६८औं मिनेटमा सालाहले तेस्रो गोल गरे । गोलकिपर केलेहरले दिएको लामो पासमा कोडी गाक्पोले हेडर गर्दै बल सालाहको दिशा तर्फ खेलेपछि सालाहले कुनै गल्ती नगरी गोल गर्न सफल भए ।

७५औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले एक गोल फर्काएका थिए । तर ८६औं मिनेटमा लुइस डियाजको पासमा गाक्पोले चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

जित पछि शीर्ष स्थानमा रहेको लिभरपुलको २५ खेलमा ५७ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ खेलमा ५२ अंक छ । ब्रेन्टफोर्ड भने २४ खेलमा २५ अंक सहित १४औं स्थानमा छ ।

प्रिमियर लिगमा आज थप ६ खेल हुँदै छन् । राती ११:१५ बजे म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.