1 year ago
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लिगको नियम अनुरूप एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भनिएतापनि क्लबको अपील पश्चात आज मैदानमा उत्रिने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले लिगसामु गरेको अपील पश्चात साम्बा आज खेल्ने भएकी हुन् ।
हिजो सार्वजनिक गरेको स्क्वाडमा उनको नाम समावेश गरिएको थिएन । नोभेम्बर ४ मा खेल्ने तालिका रहेको यस खेल भारी वर्षाका कारण म्याच रेफ्रीले पिच खेल्न नसकिने बताएपछि खेल स्थगित हुँदै आजको मितिमा सारिएको थियो । खेल आज ७:१५ बजे सुरु हुने छ ।
फ्रेन्च लिग नियम अनुसार स्थगित गरी पछि सारिएको खेलमा सोहि बेलासम्म दर्ता भएका खेलाडीहरु मात्र खेलाउन पाइने नियम रहेको थियो । साम्बा गत जनवरीमा मात्र ग्वेंगाम्पमा पुगेकी थिइन् । सो मितिमा उनी लिगमा दर्ता नभएको कारण आज खेल्न नपाउने भनिएका कारण क्लबले उनलाई स्क्वाडमा राखिएको थिएन । तर क्लबले लिगसामू अपील गरेकोमा सकारात्मक परिणाम आएपछि उनी आज खेल्ने भएकी हुन् ।
यस्तै साम्बा नेपाली टोलीका लागि साउदी अरेबियामा हुने वाफ च्याम्पियनसिपमा सहभागिता जनाउन आज नै त्यसतर्फ प्रस्थान गर्ने छिन् । उनी आजको खेलमा उपस्थित भएर पेरिसबाट नै साउदीतर्फ प्रस्थान गर्ने छिन् । नेपाली टोली भने हिजो नै साउदीका लागि प्रस्थान गरिसकेको छ ।
साम्बाले हालसम्म ग्वेंगाम्पका लागि दुई खेल खेलेकी छन् । उनले फेब्रुअरी ३ मा बोर्डो विरुद्ध ७५औ मिनेटमा मैदान प्रवेश गरेर साम्बाले डेब्यु गरेकी थिइन् । बोर्डो विरुद्धको सो खेल १-१ को बराबरीमा सकिएको थियो । यस्तै गत शनिवार फ्लिउरी ९१ विरुद्ध पनि दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको अन्तिम समयमा सहभागिता जनाएकी थिइन् । सो खेल ग्वेंगाम्पले ३-१ ले जितेको थियो ।
साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेकी छिन् । इजरायलको हापोएल रानानासँग फ्रान्सेली क्लबको सहमति भएपछि साम्बा फ्रान्सतर्फ प्रस्थान गरेकी थिइन् । युद्धका कारण इजरायल नफर्केकी साम्बाले त्यहाँ छोटो समयमा जमेको प्रभावले फ्रान्सको यात्रा सम्भव भएको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]