default_image

7 months ago

February 17, 2024

तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

562 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ ।

पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए।

फागुन १४ हुने एन्फा साधारण सभामा लाने प्रस्ताव टुंगो लगाउन केन्द्रीय समिति बैठक बसेपनि दुईदेखि २ वटा एजेण्डा भन्दा अघि बढ्न सकेको छैन। यस अघिको अडिट रिपोर्ट नहेरि कुन आधारमा आउने आर्थिक वर्षको अनुमानित बजेट कसरी बनाउने भन्दै सदस्यहरुले प्रश्न गरेको एक पदाधिकारी बताए। जारी बैठकका लागि विविधसहित २९ वटा एजेण्डा तय छन् ।

‘केहि साथीहरु छिटो टुंगो लगाउ भन्नेमा देखिन्छन् । तर केही साथीहरूले यसपटक गज्जबको अडान लिएका कारण बैठक धेरै अघि बढ्न सकेको छैन, ती पदाधिकारीले भने, ‘साधारण सभामा हामी बोल्न मिल्दैन बैठकमा पनि नबोले कहाँ बोल्ने । सबै विशषमा खुला छलफल गरेर जानुपर्नेमा उहाँहु अडिक देखिनुभएको छ । यो राम्रो पनि हो । यसअघि यस्तो कमै हुन्थ्यो। ‘

आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएकाले पनि अध्यक्ष नेम्वाङले यसअघि जसरी अघि बढ्न सकेका छैनन् ।
लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता उपाध्यक्ष दावा लामा फुटबलका गतिविधिमा संलग्न छैनन् । दोस्रो दिनको बैठकमा पनि उनी उपस्थित भएनन् ।

जसका कारण बाँकी २० सदस्यीय केन्द्रीय समितिमा १०/१० को अवस्था रहेको देखिएको ती पदाधिकारीले बताए । साधारण सभाका लागि यो बैठकले एजेण्डालाई अन्तिम रुप दिनुपर्ने हुन्छ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.