1 year ago
February 16, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौंं बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मकवानपुरको बागमती ८ मा जारी प्रतियोगितामा शुक्रबार ए डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । गत साता मात्र एपिएफले छैटौं स्थानीय तह मकवानपुर गोल्ड कपको उपाधि जितेको थियो ।
चर्च ब्वाइजविरुद्ध अनिष महर्जनले २ र फोडे फोफनाले १ गोल गरेका थिए । चर्च ब्वाइजका लागि विशाल बस्नेतले गोल गरेका थिए । अनिष खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । यसअघि बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा नवजनजागृती युवा क्लबलाई हराउँदै न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो । एपिएफले फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिति वा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
शनिबारको क्वाटरफाइनल जावलाखेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल संस्करणको विजेतासमेत हो । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]