default_image

7 months ago

February 16, 2024

महिला टोली साउदी जाँदै, मकवानपुर जिल्ला संघबाट १ लाख दिने घोषणा

494 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता साउदी अरेबियामा सुरु हुने वाफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको आज त्यसतर्फ जाँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित अन्य पदाधिकारीले टोलीको शुक्रबार विदाई गरेका थिए ।

फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् ।

फागुन ८ गते सिरियासँग खेल्दै नेपाली महिला टोलीले वाफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी सम्बासहित २३ सदस्यीय टोलीको सोमबार घोषणा भएको थियो ।
भारतीय लिगमा खेलिरहेका ६ खेलाडी टोलीमा समावेश भइसकेका छन् । उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् ।

एन्जिला तुम्बापो सुब्बा र गीता राना सेथु एफसी, रश्मि घिसिङ्ग र अमृता जैशी स्पोर्ट्स ओडिशा तथा प्रिती राई र दिपा शाही किकस्टार्ट एफसीमा अनुबन्धित छन् ।

महिला टोलीलाई मकवानपुरको सहयोग

यसैबीच, मकवानपुर जिल्ला फुटबल संघले महिला टोलीलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । एन्फा केन्द्रिय समिति सदस्य समेत रहेका टिका लामाले परिणम जस्तो आएपनि खेलाडीको हौसला बढाउनका लागि जिल्ला संघले सहयोग गर्न लागेको बताए ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ, अञ्जना राना मगर

डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी

मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, सरस्वती हमाल

फरवार्डः चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग, सबिता राना मगर

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.