1 year ago
February 15, 2024
हेटौंडा (हाम्रो खेलकुद) – ए डिभिजन टोली एनआरटी छैटौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सिमराको नवजागृती युवा क्लबलाई बिहीबार १–० ले हराउँदै एनआरटी मकवानपुरको बागमतीमा जारी प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । बागमती–८ स्थित जनता माविमा भएको खेलमा मोहित गुरुङको गोलमा एनआरटीले जित हासिल गरेको थियो । मोहितले ३१ औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णाय बनेको थियो ।
मोहित नै खेलको अफ द म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । एनआरटी पहिलो सहभागितामा नै सेमिफाइनल पुग्न सफल भएको छ । एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन टोली जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा शुक्रबार ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]