default_image

7 months ago

February 15, 2024

रोनाल्डोको गोलमा अल नासरको जित 

661 views

0 Bookmark

एजेन्सी – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी टोली अल-नासरले एसियाली च्याम्पियन्स लिगमा जित दर्ता गरेको छ । च्यम्पियन्स लिगको पश्चिम क्षेत्र अन्तर्गत प्रि-क्वाटरफाइनल खेलको पहिलो लेगमा अल नासरले अर्को साउदी क्लब अल फायहा माथि १-० को जित निकालेको हो ।

रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोलमा अल नासर विजयी भएको थियो। मार्सेलो ब्रोजोभिचको चिप पासमा डिफेन्स लाइन पछाडिबाट आएर रोनाल्डोले बक्स भित्रबाट गोल गरेका थिए ।

अल नासर समूहमा ६ खेलमा ४ जित र २ बराबरी सहित १४ अंक बटुल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६मा पुगेको हो । अल फायहा भने समूहमा युएइको टोली अल ऐन पछाडि रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । 

एसियाली च्याम्पियन्स लिगमा पूर्व र पश्चिम क्षेत्र बीच ३२ टोलीलाई १६-१६ टोली विभाजित गरिएको छ । पूर्व र पश्चिम क्षेत्रबाट १-१ टोली फाइनल पुग्ने छन् भने फाइनल खेल होम एण्ड अवे प्रणालीमा हुनेछ ।  

गत संस्करणको उपाधि जापानी टोली उरुवा रेड्सले जितेको थियो । 

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.