9 months ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मनकामना सेकेण्डरी स्कुल जोरपाटी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ ।
जेम्स स्कुल, धापाखेललाई बुधबार ३–२ ले हराउँदै मनकामना अन्तिम चारमा पुगेको हो । मनकामनाका लागि सुनिल डंगोल, अनिस डंगोल र सनिल मगरले गोल गरे । मनकामनाका विवेक लामिछाने म्यान अफ दी म्याच चुनिए ।
प्रतियोगितामा बिहीबार हुने क्वाटरफाइनलमा कीर्तिपुरको नेपाल एपिएफ स्कुल (क) र जोरपाटीको नेपालय इंग्लिस पब्लिक स्कुल, एपिएफ (ख) र साँगाको नेपाल पुलिस स्कुल तथा सैनिक आवासीय महाविद्यालय र कीर्तिपुरको लेबोरेटरी माध्यामिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]