default_image

8 months ago

February 13, 2024

चौथो पाँचथर गोल्डकपमा आर्मीसहित ८ टोलीले भाग लिने

2259 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

अर्को साता सुरु हुने चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागेको छ । फागुन १२ गतेदेखि सुरु हुने प्रतियोगितामा टोलीको टुंगो लागेको मंगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन मार्फत आयोजक पाँचथर क्लबले जानकारी दिएको छ ।

४ बर्षपछि प्रतियोगिता हुन लागेको हो । २०७६ को चैतपछि प्रतियोगिता भएको थिएन । प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ ।

भारतको हिल्स फुटबल एकेडेमी, आयोजक पाँचथर क्लब, ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल क्लब, बाग्मती फुटबल क्लब सर्लाही, पथरी ११ फुटबल क्लब मोरङ, झापा ११ फुटबल क्लब , नमो बुद्ध युवा फुटबल क्लब सप्तरी, रेर्डहर्स फुटबल क्लब इलाम गरि ८ टोलीको सहभागिता रहनेछ ।

हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ तथा उदीयमान खेलाडी र सर्वोकृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा फ्यान अफ दि म्याचले र सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रो हुने टोलीले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिएको । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शकको समेत बिमा गरिने आयोजकले जनाएको छ ।

२ हजार ५ सय रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.