1 year ago
February 13, 2024
हेटौंडा (हाम्रो खेलकुद) – ए डिभिजन टोली मछिन्द्र क्लबले बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती गाँउपालिका ८ को जनता माविमा मंगलबार भएको उद्घाटन खेलमा मछिन्द्रले सर्लाहीको बागमती युथ क्लबलाई ५–२ ले हराएको छ ।
मछिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ, क्रिस्टोफर चिजोवा, सौरव लिम्बु र विमल घर्तीमगरले गोल गरेका थिए । बागमतीका लागि सुजन चौधरी र सुजन गौतमले गोल गरे ।
हिसुबले पहिलो मिनेटमै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाए । उनले विमलको पासमा गोल गरेका हुन् । अभिषेकले ४३ औं मिनेटमा गोल गरेपछि मछिन्द्रले पहिलो हाफमै २-० को अग्रता बनायो । क्रिष्टोफरले ५६ औं र सौरव लिम्बुले ७९ औं मिनेटमा गोल गरेपछि मछिन्द्र ४–० ले अगाडि लाग्यो ।
बागमतीका लागि सुजन चौधरीले ८१ औं र सुजन गौतमले ८३ औं मिनेटमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । खेल सकिन ४ मिनेट बाँकी रहँदा विमलले गोल गर्दै टोलीको जित निश्चत गरे । म्यान अफ दी म्याच विमलले १० हजार रुपैयाँ प्राप्त गरे । मछिन्द्रले फागनु ५ गते अर्को ए डिभजन टोली जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगिता बुधबार आयोजक बागमती खेलकुद विकास समिति र ए डिभिजन क्लब हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो ।
प्रतियोगितामा ए डिभिजनका ६ र अन्य गरि १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र दास्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजक बागमती खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुुरका कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल लगायतको उपस्थिति थियो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]