default_image

1 year ago

February 13, 2024

बागमती गोल्डकप आज सुरु हुँदै

1356 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र क्लब र राइटलेन एजुकेसन बागमती युथ क्लबको उद्घाटन खेलसँगै मंगलबार छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ।

मकवानपुरको बागमती गाँउपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिता हुनेछ ।
बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गरेको‌ हो । प्रतियोगितामा ए डिभिजनका‌ ६ सहित १० टोलीको सहभागिता रहेको छ।

मच्छिन्द्र, सर्लाहीको बागमतीसहित समूह एमा जावलाखेल युथ क्लब , नव जन जागृती क्लब सिमरा , एनआरटी छन्।

त्रिभुवन आर्मी फुटबल क्लब, हिमालयन शेर्पा क्लब , आयोजक बागमती खेलकुद विकास समिति, नेपाल एपिएफ फुटबल क्लब , चर्च ब्वाईज युनाइटेड समूह ‘बी’ मा छन् ।

फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले१० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । 

झन्डै ७० लाख खर्च हुने प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३० लाख र प्रदेश खेलकुद परिषद बागमती ले १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।

बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले , सरस्वती युवा क्लब, तेस्रो जावलाखेल, चौथो थ्री स्टार क्लबले र पाचौं भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकाले जितेको थियो।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.