default_image

7 months ago

February 13, 2024

चेल्सीको पुनरागमन जित

312 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर कनर ग्यालाघरले २ गोल गर्दा चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको मैदानमा जित दर्ता गरेको छ ।

सेलहर्स्ट पार्कमा चेल्सीले पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट ३-१ को जित दर्ता गरेको हो । जेफर्सन लर्माले ३० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले ३ गोल थप्दै जित पक्का गर्यो ।

पूर्व क्लब प्यालेसविरुद्ध ग्यालाघरले ४७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको पहिलो मिनेटमा ग्यालाघरले चेल्सीलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि चेल्सीले अर्को गोल थप्दै जित पक्का गर्यो ।

चेल्सी यस जितसँगै २४ खेलमा ३४ अंकका साथ दशौं स्थानमा छ । प्यालेस भने २४ खेलमा २४ अंक जोड्दै १५ औंमा छ । टोली रेलिगेसन क्षेत्रबाट ५ अंक माथि छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.