default_image

8 months ago

February 12, 2024

एएफसी सी लाइसेन्स डिप्लोमा कोर्स सुरु

1214 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको‌ आयोजनामा एएफसी सी लाइसेन्स डिप्लोमा प्रशिक्षक प्रशिक्षण सोमबार सुरु भएको छ।

दुई‌ चरणमा हुने प्रशिक्षणमा पूर्व र वर्तमान राष्ट्रिय गरि १७ जनाको सहभागिता रहनको‌ छ। जसमा पूर्व कप्तान अनिल गुरुङ र विराज महर्जनसमेत सहभागी छन् ।
पहिलो चरणमा ७ दिनको प्रशिक्षण हुने संघका अध्यक्ष समेत रहेका सहभागी विक्रम लामाले बताए ।

सक्रिय खेल जीवनपछि नै प्रशिक्षणमा सामेल हुन चाहनेका लागि प्रशिक्षण फलदायी हुने विश्वास लिइएको लामा बताएका छन्। उनले भने, ‘हामीलाई खेल जीवनको अन्त्यपछि के गर्ने भन्ने अलमल हुने गरेको छ । खेलाडी जीवनबाट अलग भएपछि पनि फुटबलमा रहने र प्रशिक्षणमा आबद्ध हुन चाहनेका लागि पूर्ण तयारीका लागि यो प्रशिक्षण महत्वपूर्ण हुन सक्छ।’

प्रशिक्षणमा अखिल नेपाल फुटबल संघ (एन्फा) को‌ प्राविधिक सहयोग र व्यबस्थापन रहेको छ । एन्फाको शिक्षा विभाग प्रमुख संगित सिंह, युवा विभाग प्रमुख नवीन महर्जन र कार्यवाहक प्राविधिक निर्देशक हरि खड्काले‌ सहभागीलाई प्रशिक्षण दिइरहेका छन्। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले प्रशिक्षणको उद्घाटन गरेका थिए।

एएफसी सी लाइसेन्स डिप्लोमा कोर्सका सहभागी

चन्द्रदेवी दाहाल, अनिल गुरुङ, भरत खवास, विराज महर्जन, नवयुग श्रेष्ठ, जितेन्द्र कार्की, विशाल श्रेष्ठ, गणेश खड्का, विकेश कुथु, नवीन लामा, कमल श्रेष्ठ, लकेन लिम्बु, विक्रम लामा, टंक बस्नेत ,विमल पाण्डे, अनन्त तामाङ, रुपेश केसी

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.