default_image

7 months ago

February 10, 2024

सावित्रा सम्मिलित ग्वेंगाम्पको जित

10612 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सको शीर्ष डिभिजन डी१ एर्केमा अन्तर्गत खेलमा फ्लुरी ९१ लाई पराजित गरेको छ ।

घरेलु मैदानमा ग्वेंगाम्पले ३-१ को जित दर्ता गरेको हो । सावित्राले खेलको अन्तिम १५ मिनेट अवसर पाएकी थिइन् । पहिलो हाफमा १-० को अग्रता लिएको टोलीले दोस्रो हाफमा २ गोल थपेको थियो । अन्त्यतिर एक गोल खाएपनि ग्वेंगाम्प सिजनको तेस्रो जित दर्ता गर्न सफल रह्यो ।

पहिलो हाफको ४५ औं मिनेटमा सराह काम्बोतले फ्रिकिकमा सिधै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन् । दोस्रो हाफको सुरुवातमै एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै २-० को अग्रता दिलाइन् ।

७३ औं मिनेटमा एलिसन पेनिगुएलले क्रसमा आएको बललाई पोस्टको दिशा दिँदा टोली ३-० ले अघि बढ्यो । टोलीको फराकिलो अग्रता भएपछि सावित्राले मैदान छिर्ने अवसर पाइन् । तर अग्रता जोगाउन तल्लिन टोलीले खासै आक्रमणमा अवसर पाएन । ८८ औं मिनेटमा फ्लुरीकी एरिन फोन्टेनले सान्तवना गोल फर्काइन् ।

यस जितसँगै दशौं स्थानमा रहेको ग्वेंगाम्पको १४ खेलमा १२ अंक भएको छ । नवौं स्थानको डिजोनले १५ खेलमा १३ अंक जोड्दा रेलिगेसन क्षेत्रको लिलको १५ खेलमा ८ र बोर्डोको १४ खेलमा ६ अंक छ ।

ग्वेंगाम्पले अब अर्को शनिबार हुने खेलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ । साम्बाले गत साता पनि बेन्चबाट मैदान प्रवेश गरेकी थिइन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.