default_image

7 months ago

February 10, 2024

हालान्डको दुई गोलसँगै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

1269 views

0 Bookmark

एजेन्सी – एरलिङ हालान्डको दुई गोलको मद्दतले एभर्टन विरुद्ध जित हासिल गर्दै म्यानचेस्टर सिटी इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । चोटपछि भर्खर मात्र टोलीमा फर्किएका हालान्डले दुई गोल गरेपछि सिटी २-० ले सहज जित दर्ता गर्न सफल भएको हो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल एभर्टन दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।

हालान्डले पहिलो गोल खेलको ७१औं मिनेटमा गरे । कर्नर किकमा रुबेन डियासको हेडर ब्लक भएपछि क्लियर गर्न खोजेको बल हालान्डको खुट्टामा आएपछि उनले शक्तिशाली प्रहार गर्दै गोल गर्न सफल भएका थिए । सो प्रहार सिटीको खेलको पहिलो पोस्टको दिशामा गएको प्रहार थियो ।

यस्तै हालान्डले नक ८५औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । केभिन डि ब्रुइनको उत्कृष्ट पासमा हालान्डले गोल गर्दै खेलमा सिटीलाई तीन अंक दिलाए ।

जित पछि २३ खेलबाट ५२ अंक बटुलेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । समान २३ खेलमा ५१ अंक भएको आर्सनल दोस्रो स्थानमा छ भने ४९ अंकसहित लिभरपुल तेस्रो छ ।

पराजित एभर्टन भने १८ खेलमा १९ अंक बटुलेर १८ औं स्थानमा छ । प्रिमियर लिगमा आज थप ६ खेल हुँदै छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.