1 year ago
February 10, 2024
हेटौंडा (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी प्रदीप महर्जन गृह नगरमा सम्मानित भएका छन्।
मकवानपुर जिल्ला फुटबल संघले छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दौरान शनिबार प्रदीपलाई सम्मान गरेको हो।
प्रदीपले आमाबुवाका साथ सम्मान पत्र ग्रहण गरेका थिए। संघले फुटबलका माध्यमबाट प्रदीपले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएको सम्मानलाई गरेको जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य समेत रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले प्रदीपललाई सम्मान गरेका हुन्।
प्रदीप हेटौंडा उप महानगरपालिका ९ का स्थाइ बासिन्दा हुन् । सन् २००५ मा राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका प्रदीप आफ्नो समकालीन खेलाडीमा उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन् ।
२००८ मा थाइल्याण्डको बैंककमा राउन्ड ग्लाससँग मैत्रीपूर्ण फुटबलमा चोटग्रस्त हुनुअघि सम्म उनी राष्ट्रिय टोलीका नियमित सदस्य थिए। एन्फा एकेडेमीका उत्पादन प्रदीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]