default_image

7 months ago

February 10, 2024

नेपाली युवा टोलीको सुरुवाती-११ सार्वजनिक 

1081 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युशु युवा टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले मनिसं डाँगीको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।

सुरुवाती ११मा राष्ट्रिय टोलीका नियमित सदस्य रहेका आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन लिम्बू जस्ता खेलाडीहरु पनि रहेका छन् ।

खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३:३०  बजे सुरु हुने छ । त्यसअगाडि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शो लगायत अन्य कार्यक्रम समेत रहेको छ ।

सुरुवाती ११: 

विशाल सुनार (गोलकिपर), छिरिङ लामा, विशाल बस्नेत, अजय चौधरी, सुमित श्रेष्ठ, लाकेन लिम्बु, उत्सब राई, आयुष घलान, समिर तामाङ, सन्जिब विष्ट, मनिष डाँगी (कप्तान)

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.