default_image

8 months ago

February 10, 2024

साम्बाको ग्वेंगाम्पका लागि दोस्रो खेल आज 

1227 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली टोलीकी स्टार फरवार्ड सावित्रा “साम्बा” भण्डारी सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रेन्च शीर्ष डिभिजन अन्तर्गत आज फ्लिउरी ९१ विरुद्ध खेल्दै छ । घरेलु मैदानमा हुने सो खेल साँझ ७:१५ बजे सुरु हुने छ ।

साम्बाको आज ग्वेंगाम्पका लागि घरेलु डेब्यु हुनेछ । गत शनिवार बोर्डो विरुद्ध ७५औ मिनेटमा मैदान प्रवेश गरेर साम्बाले डेब्यु गरेकी थिइन् । दोस्रो हाफको सुरुवातदेखि वार्मअपमा व्यस्त साम्बाले खेलको ७५ औं मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाएकी थिइन् । उनले खेलमा गोल गर्ने अवसर नपाएपनि मिडफिल्डमा झरेर केहि पास साटफेर गरेकी थिइन् ।

बोर्डो विरुद्धको सो खेल १-१ को बराबरीमा सकिएको थियो । आठौँ स्थानमा रहेको ग्वेंगाम्पको १३ खेलमा २ जित, ३ बराबरी र ८ हारसहित ९ अंक छ । फेब्रुअरी १७ मा भने ग्वेंगाम्प र पेरिस सेन्ट जर्मेनको भिडन्त हुनेछ ।

साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेकी छिन् । इजरायलको हापोएल रानानासँग फ्रान्सेली क्लबको सहमति भएपछि साम्बा फ्रान्सतर्फ प्रस्थान गरेकी थिइन् । युद्धका कारण इजरायल नफर्केकी साम्बाले त्यहाँ छोटो समयमा जमेको प्रभावले फ्रान्सको यात्रा सम्भव भएको थियो ।

प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.