default_image

8 months ago

February 6, 2024

कोरियालाई हराउदै जोर्डन एसियन कपको फाइनलमा

4050 views

0 Bookmark

एजेन्सी – दावेदार मानिएको दक्षिण कोरिया माथि सानदार जित निकाल्दै जोर्डन कतारमा जारी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । वरियतामा निकै माथि रहेको दक्षिण कोरिया माथि २-० को जित निकाल्दै जोर्डन पहिलो पटक एसियन कपको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो ।

५३औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लिएको थियो । मूसा अल तामरीको पासमा बक्सको मध्यभाग बाट गोलकिपर माथि चिप गर्दै याजान अल नैमातले खेलमा जोर्डनलाई अग्रता दिलाएका थिए ।

६६औं मिनेटमा जोर्डनले अग्रता दोब्बर बनायो । पहिलो गोलमा असिस्ट गरेका अल तमारीले उत्कृष्ट एकल गोल गर्दै अग्रता दोब्बर बनाए । मैदानको मध्यभाग बाट बल लिएर उनले एकल रन बनाउँदै बक्सको छेउबाट गरेको प्रहार गोल परिणत भएको थियो ।

जोर्डन र दक्षिण कोरिया एकै समूहमा रहेका थिए । सो समूहमा दक्षिण कोरिया दोस्रो र जोर्डन तेस्रो रहँदै अन्तिम १६ का लागि छनोट भएका थिए ।

जोर्डनले अन्तिम १६ मा ईराक र क्वाटरफाइनलमा ताजिकिस्तानलाई हराउदै पहिलो पटक सेमिफाइनलको जात्रा तय गरेको थियो ।

जोर्डनले अब फाइनलमा कतार र इरान बीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेता विरुद्ध उपाधिका लागि खेल्ने छ । फाइनल शनिबार हुने छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.