default_image

7 months ago

February 6, 2024

केपी ओली कपको खेल तालिका सार्वजनिक

1235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार काठमाडौँमा तालिका ड्र कार्यक्रम गर्दै तालिका सार्वजनिक गरेको हो ।

फाल्गुन ११ गते उद्घाटन खेलमा केपी टोली फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने छन् । सो खेलको विजेताले क्वाटरफाइनलमा जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

यसपटक प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ । आयोजक केपी ओली एफसी बाहेक चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र मछिन्द्र क्लब सहित भारतका मानेभञ्ज्याङ क्लब एफसी र दिल्ली एफसी प्रतियोगितामा सहभागी रहने छन् ।

प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्सका हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिता फाल्गुन ११ मा सुरु भई फाल्गुन १९ का दिन समापन हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.