1 year ago
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष प्रशिक्षककोे मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार वर्षका उत्कृष्ट प्रशिक्षक र युवा खेलाडी मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको थियो ।
यसपटक ४ विधामा समान ८ जनालाई मनोनयमा राखिएको छ । यसअघि ५ जना मनोनयनमा राख्ने गरिएको थियो ।
वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट र फुटबलका समान २ जना प्रशिक्षणमा छन् । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई र यू १९ का प्रशिक्षक जगत टामाटा फुटबलका अनन्त थापा र भगवती रानागमरसहित एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन, भलिबलका भरत शाह र पौडीका ओङ्देन लामा मनोनयमा परेका छन् ।
यसपटक युवाको मनोनयमा क्रिकेट, फुटबल र बक्सिङकासमान दुई खेलाडी मनोनयनमा परेका छन् । क्रिकेटका यू १९ का कप्तान देव खनाल, दीपेश कँडेल, फुटबलका सुजाता तामाङ र युनेश बुढाथोकी, बक्सिङका सुष्मा तामाङ र विजय बाटासहित एथलेटिक्सकी राममाया बुढा र गल्फका सद्भाव आचार्य मनोनयनयमा परेका छन् ।
वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेको बताइएको छ ।
पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा छन् ।
स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९
वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयन
अनन्त थापा (फुटबल)
– साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिमका प्रशिक्षक
– साफ च्याम्पियनसिपमा पहिलो पटक नेपालले भारतलाई हराउँदाका प्रशिक्षक
– भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा बराबरी नतिजा
– पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक एसियाली छनोटमा भियतनामविरुद्ध घरेलु मैदान दुई खेलको प्रशिक्षक
भगवती रानामगर (फुटबल)
– बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता टोलीका प्रशिक्षक
– नेपाली महिला युथ टिमले दोस्रो पटक उपाधि जित्दाको मुख्य प्रशिक्षक
– साफ य–ू१७ महिला टिमका प्रशिक्षक । नेपाल चौथो स्थान सफल ।
भरत शाह (भलिबल)
– काभा सेन्ट्रल जोन बिच भलिबलमा दुई रजत जित्दाका प्रशिक्षक
– उनको प्रशिक्षणमा नेपालको महिला र पुरुष टिमले रजत जितेको थियो ।
चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य
–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक
दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।
जगत टमाटा (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल विश्वकपमा पुग्न सफल
मोन्टी देसाई (क्रिकेट)
– नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल प्रशिक्षक
– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ९ खेल जिताएर नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल ।
– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै सोझे विश्वकप छनोट हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन सफल ।
ओङ्देन लामा (पौडी)
– नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक २० स्वर्ण जित्दाका प्रशिक्षक
– नवौं राष्ट्रियमा आर्मी २० स्वर्ण, ९ रजत ७ कांस्यसहित ३६ पदक जित्न सफल । डुवाना लामा ९ र नासिर याहा हुसेन ७ स्वर्ण जित्न सफल
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]