default_image

1 year ago

February 6, 2024

वर्ष युवा खेलाडीमा ५ खेलका ८ खेलाडी मनोनयनमा

647 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष युवा खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको थियो ।

यसपटक ४ विधामा समान ८ जनालाई मनोनयमा राखिएको छ । यसपटक युवाको मनोनयमा क्रिकेट, फुटबल र बक्सिङकासमान दुई खेलाडी मनोनयनमा परेका छन् ।

क्रिकेटका यू १९ का कप्तान देव खनाल, दीपेश कँडेल, फुटबलका सुजाता तामाङ र युनेश बुढाथोकी, बक्सिङका सुष्मा तामाङ र विजय बाटासहित एथलेटिक्सकी राममाया बुढा र गल्फका सद्भाव आचार्य मनोनयनयमा परेका छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेको बताइएको छ ।

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा छन् ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९

वर्षका उत्कृष्ट युवा खेलाडी मनोनयन

विजय बाटा (बक्सिङ)

– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा पुरुषतर्फ कांस्य पदक विजेता खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल

देव खनाल (क्रिकेट)

– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न सफल
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता

दीपेश कँडेल (क्रिकेट)

– आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनलमा युएईविरुद्ध ह्याट्रिक विकेट
– यूएईलाई जितनिम्ति ३ ओभरमा ११ रन आवश्यक हुँदा दीपेशले ४८ औं ओभरमा बलिङ मोर्चा सम्हाल्दै पहिलो ३ बलमा ३ रनमात्र दिए । त्यसपछि लगातार तीन विकेट लिई ह्याट्रिक पूरा गरेर आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको उपाधि दिलाउन सफल । फाइनलमै ५ विकेट लिन सफल ।
–नेपालले ४ खेलमा १२ विकेट लिन सफल

राममाया बुढा (एथलेटिक्स)

– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत
– देवदह हाफ म्याराथनमा स्वर्ण
– राइट टु प्रोटिन रनमा रजत
– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण

सद्भाव आचार्य (गल्फ)

– सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा स्वर्ण जित्न सफल
– नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट स्वर्ण, व्यक्तिगतमा रजत जित्न सफल

सुजाता तामाङ (फुटबल)

– २०७९ कात्तिकमा बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता
– साफ यू–१५ च्याम्पियनसिपकी उत्कृष्ट गोलकिपर । चार खेलमध्ये तीन खेलमा क्लिनसिट राख्न सफल
– बंगलादेशसँग १–१ को बराबरी खेलमा पेनाल्टी बचाउन सफल गोलकिपर
–२०७९ चैतमै बंगलादेशमा भएको साफ यू१७ महिला च्याम्पियनसिपमा पनि उत्कृष्ट गोलकिपर घोषित । एक क्लिनसिट राख्न सफल

सुष्मा तामाङ (बक्सिङ)

– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी

युनेश बुढाथोकी (फुटबल)
– श्रीलंकाको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा उपविजेता
– नेपाललाई साफ यू–१७ च्याम्पियनसिपको फाइनल पु¥याउन महत्वपूर्ण योगदान
– च्याम्पियनसिपमा संयुक्त रूपमा सर्वाधिक ४ गोल गरेका थिए । समूह चरणमा भुटान र भारतविरुद्ध १–१ तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध २ गोल गर्न सफल
– भारतसँग एक गोलले पछि पर्दा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३–१ ले जित्न सफल

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.