default_image

8 months ago

February 6, 2024

नेपाल यू-१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरियो

2597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिग चरणको अन्तिम खेलमा भारत सँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । फाइनल पुग्न जित्नै पर्ने खेलमा भारत विरुद्ध ४-० को फराकिलो हार बहोरेसंगै नेपाल लिग चरण बाटै बाहिरिएको हो ।

भारतले नेहाको ५४औं मिनेटको गोल सँगै अग्रता लिएको थियो । ८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गाेल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् ।

८५औं मिनेटमा सुलाञ्जना राउलले तेस्रो गोल गर्दा इन्ज्युरी समयको तेस्रो मिनेटमा सिन्डी कोल्नीले चौथो गोल गर्दै भारतको जित सुनिश्चित गरिन् ।

जित सँगै भारतले बंगलादेश विरुद्ध फाइनल भेट पक्का गरेको छ । बंगलादेशले आफ्नो पहिलो दुई खेलमा नेपाल र भारत माथि जित निकाल्दै एक खेल अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

भारतको ३ खेलमा ६ अंक भएको छ । बंगलादेशको २ खेलमा ६ अंक छ । बंगलादेशले आज भुटान विरुद्ध खेल्दै छ ।

नेपालले ३ खेलमा ३ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । भुटान अंक विहिन छ ।

भारतले पहिलो खेलमा भुटान माथि १०-० लो फराकिलो जित निकालेको थियो भने दोस्रो खेलमा बंगलादेश विरुद्ध १-० ले पराजित भएको थियो ।

नेपाल भने पहिलो खेलमा बंगलादेश विरुद्ध ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटान माथि १-० को जित निकालेको थियो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.