default_image

7 months ago

February 6, 2024

यू-१९ महिला साफ: नेपाल भारत विरुद्ध खेल्दै

1168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यु-१९ महिला च्याम्पियनशिप अन्तर्गत राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारत विरुद्ध खेल्दै छ । खेल नेपाली अनुसार २:४५ बजे ढाका स्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा सुरु हुने छ ।

फाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ । उता भारत भने बराबरी गरेमा फाइनल प्रवेश गर्ने छ ।

चार टोली सम्मिलित प्रतियोगितामा बंगलादेश दुई खेलमा ६ अंक सहित फाइनल प्रवेश गरिसकेको छ । दुई खेलमा एक-एक जित सहित नेपाल र भारतको समान ३-३ अंक छ ।

दुवै टोली बंगलादेश संग पराजित भएका थिए भने भुटान माथि जित दर्ता गरेका थिए । भारतले भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको थियो भने नेपालले १-० को झिनो अन्तरको जित निकालेको थियो ।

आजै दिनको दोस्रो खेलमा बंगलादेश र भुटान पनि भिड्दै छन् । फाइनल खेल बिहीबार हुने छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.