default_image

7 months ago

February 5, 2024

रोहित सम्मिलित पेर्सिक इन्डोनेसियन लिगको पाचौ स्थानमा 

639 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द सम्मिलित पेर्सिक केदिरी इन्डोनेसियन लिगा १ को पाचौ स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा बाली युनाइटेड विरुद्ध १-० को जित निकाल्दै पेर्सिक पाचौ स्थानमा उक्लिएको हो ।

पेर्सिकको जितमा बालीका रेनान डा सिल्भाको ८३औ मिनेटमा पेनाल्टी मार्फत गरिएको गोल पर्याप्त बन्यो । रोहितले पहिलो रोजाइमा रहेर पूरा नब्बे मिनेट पूरा गरे ।

डिसेम्बर १६ यता लिगमा पेर्सिकको यो पहिलो खेल थियो । कतारमा जारी एएफसी एसियन कपमा इन्डोनेसियाको राष्ट्रिय टोली सहभागी हुँदा लिग रोकिएको थियो । अष्ट्रेलियासँग ४–० ले पराजित भएपछि इन्डोनेसिया राउन्ड अफ १६ बाट बाहिरिएको थियो । इन्डोनेसिया इतिहासमा पहिलो पटक अन्तिम १६ मा छनोट भएको हो ।

पेर्सिक हाल २४ खेलबाट १० जित, ७ बराबरी र ७ हारमा ३७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

पेर्सिकले आफ्नो अर्को लिग खेलमा फेब्रुअरी २४ मा पर्सिससँग खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.