default_image

9 months ago

February 5, 2024

भेट्रान फुटबलमा पोखारको एक्स वारियरको जित

535 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी हिमालय ब्रुअरी १३ औं बगर भाइखलक फुटलब प्रतियोेगितामा सोमबार पहिलो खेलमा पोखराको एक्स वारियरले काठमाडौंको सुनाखरी ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले २ तथा सुशिल श्रेष्ठले १ गोल गरे ।

दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले २ तथा मिलन अधिकारी, रमेश गुरुङ, विपिन शाही र मित्रबहादुर बस्नेतले समान १ गोल गरे ।

प्रतिस्पर्धात्मक तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्श बुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । निर्धारितमा नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले तथा लखनका लागि यामु राना र भरत गुरुङले गोल गरे ।

चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिङले ह्याट्रिक गरे । कमल विष्ट र विकर्ण श्रेष्ठले समान १ गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान १ गोल गरे ।

पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल ग¥यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे । यस्तै दिनको अन्तिम खेलमा चावहिल काठमाडौंले एन.जेजे.वाई.सी सिमरालाई ४–१ ले हरायो । चवाहिलको जितमा कप्तान पासाङ शेर्पाले ह्याट्रिक गरे । सिमराका जगतमान लामाले १ गोल गरे ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.