default_image

7 months ago

February 3, 2024

न्युक्यासल र लुटनको रोमाञ्चक बराबरी

256 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा न्युक्यासल युनाइटेड र लुटन टाउनले रोमाञ्चक बराबरी खेलेका छन् । न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेल ४-४ को बराबरीमा सकिएको हो ।

न्युक्यासलले सातौं मिनेटमा सन लङ्गस्टाफको गोलमा सुरुवाती अग्रता लिएको थियो । तर २१औं मिनेटमा गाब्रिएल ओशोले २१औं मिनेटमा लुटनका लागि बराबरी गोल गरे । त्यसको दुई मिनेट बित्न नपाउँदै लङ्गस्टाफले व्यक्तिगत दोस्रो गाेल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए ।

४०औं मिनेटमा लुटन पुनः बराबरी गर्न सफल भयो । यसपटक रस बार्कलीले गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्याएका थिए । ५९औं मिनेटमा कार्लटन मोरिसले पेनाल्टीमा गोल गर्दै लुटनलाई खेलमा पहिलोपटक अग्रता दिलाए ।

त्यसको मात्र तीन मिनेटमा एलाइजाह अडेबायोले गोल गर्दै लुटनको अग्रता दुई गोलको बनाए । तर ४-२ को स्थितिमा पनि सम्हालिन नसक्दा लुटन बराबरीमा रोकियो ।

६७औं र ७३औं मिनेटमा क्रमसः किइरन ट्रिपियर र हार्भि बार्न्सले गोल गर्दै खेललाई ४-४ को बराबरीमा पुराए ।

न्युक्यासल २३ खेलमा ३३ अंक सहित नवौं स्थानमा छ । लुटन भने २२ खेलमा २० अंक सहित १६औं स्थानमा छ ।

शनिबार साँझ नै भएको पहिलो खेलमा टोटेनहम हट्सपरले एभर्टन विरुद्ध २-२ को बराबरी खेल्यो । यस्तै बाईटनले क्रिस्टल प्यालेस विरुद्ध ४-१ को जित निकाल्दा बर्नली फुलहमले २-२ को बराबरी खेले ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.