1 year ago
February 3, 2024
हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।
निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो ।
हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा भएको खेलको टाइब्रेकरमा एनआरटीको अभिषेक लिम्बु, जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गरेका थिए । मोहित गुरुङको चर्च ब्वाइजका गोलकिपर रेम्बो चौधरीले बचाएका थिए ।
टाइब्रेकरमा चर्च ब्वाइजका निरज कार्की, बिकु राई, कमल श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो । विदेशी खेलाडी बाउण्डोमाको प्रहार बाहिरियो भने लक्षु थापाको प्रहार एनआरटीका गोलकिपर प्रिसोले रोकेका थिए ।
२ गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै
एनआरटीले खेललाई टाइब्रेकरमा पुर्याएको थियो।
९० औं मिनेटमा अशोक थापा ब्याक हिलमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने आशा दिलाए । त्यसपछि इन्ज्युरी समयको चौथो मिनेटमा विदेशी खेलाडी ग्लोरीले गोल गरेपछि एनआरटी खेलमा फर्किएको थियो।
त्यसअघि ५४ औं मिनेटमा राजेश परियार गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। राजेशले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । ७६ औं मिनेटमा मार्टिनले गोल गरेपछि चर्चा ब्वाइज २-० ले अगाडि रहेको थियो । मार्टिन्सले मनिष जर्गामगरको पासमा गोल गरेका थिए । निर्धारित समयपछि खेल सिधै टाइब्रेकरमा लगाइएको थियो ।
एनआरटीले सेमिफाइनलमा धनकुटाको राजारानी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा शनिबार आयोजक मकवानपुर ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुनेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]