1 year ago
February 3, 2024
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई शनिबार ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो ।
डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पी जंग कार्की , फत्तेमान घले र बसन्त जिम्बाले गोल गरे ।
३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेड मार्फत दोस्रो बारमा गोल गरेका हुन्। खेलको ८३ औं मिनेटमा फत्तेमानको गोलमा आर्मीले अग्रतालाई दोब्बर बनाएको थियो । बसन्तले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै आर्मीको जित निश्चित पारे ।
पाँच पटकको विजेता थ्री स्टारको त्यो सातौं फाइनल थियो । पछिल्लो पटक २०७५ मा यी दुई टोली फाइनलमा भिड्दा थ्री स्टारले बाजी मारेको थियो । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो । आहा रारामा थ्री स्टारलाई दुई पटक उपाधि जिताएका प्रशिक्षक मेघराज केसीले प्रतियोगितामा पहिलो पटक आर्मीलाई च्याम्पियन बनाएका छन् ।
यसपटक राइजिङ स्टार फुटबल क्लबलाई १–० हराउँदै यात्राको सुरूवात गरेको आर्मीले क्वाटरफाइनलमा संकटालाई ३–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २–१ जित निकाल्दै पाँचौं पटक फाइनल पुगेको हो ।
अर्कोतर्फ उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल पुगेको थियो । थ्रीस्टारले यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ फाइनल खेल्दा २०७४ मा उपाधि जितेको थियो ।
२३ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक , थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मी समान १ पटक च्याम्पियन बनेका छन्। पटकको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]