default_image

1 year ago

February 3, 2024

जिलेस्पीको‌ गोलमा पहिलो हाफमा आर्मीलाई‌ अग्रता

628 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको थ्री स्टारविरुद्धको फाइनलको पहिलो हाफमा थ्री स्टारले त्रिभुवन आर्मी फुटबल क्लबले अग्रता लिएको छ ।

पोखरा रंगशालामा जारी फाइनलमा जिलेस्पीजंग कार्कीको‌ गोलमा आर्मीले अग्रता लिएको हो।

३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेड मार्फत दोस्रो बारमा गोल गरेका हुन्।

अहिलेसम्म आहा गोल्डकपको उपाधि जित्न नसकेको आर्मीको‌ यो पाँचौं फाइनल हो । पाँच पटकको विजेता थ्री स्टारको‌ यो सातौं फाइनल हो । पछिल्लो पटक पोखरामा यी दुई टोलीले २०७५ मा फाइनल खेलेका थिए।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.