1 year ago
February 2, 2024
मकवानपुर (हाम्रो खेलकुद) – धनकुटाको राजारानी क्लब मकवानपुरको हेटौडामा जारी स्थानीय तह शहीद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा पुगेको छ ।
नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले हराउँदै राजारानी अन्तिम आठमा पुगेको हो । ५३ औं मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलबाट राजारानीले अग्रता लिएको थियो । ६४ औं मिनेटमा सुशिल लामाले गोल गर्दै राजारानीको अग्रता दोब्बर गरे । मार्टिन्स खेलको म्यान अफ म्याच घोषित भए ।
हेटौंडामा जारी प्रतियोगितामा शनिबार एनआरटी र चर्च ब्वाइज क्लबबीच प्रतिपर्धा हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र दास्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता सन्चालन भइरहेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]