default_image

1 year ago

February 2, 2024

आहा राराको फाइनल – अनुभवी र युवा जोशको‌ परीक्षण

1216 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- दुई ए डिभिजन टोली थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब ५ वर्षपछि आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट्दा अनुभवी र युवा जोशबीच परीक्षण हुने भएको छ ।

एकातिर डेढ दशकभन्दा लामो समयदेखि प्रशिक्षण गर्दै आएका मेघराज केसी आर्मीको प्रशिक्षक हुन् ।  प्रशिक्षणमा बामे सर्दै गरेका केसीकै चेला विक्रम लामा थ्रीस्टारको टच लाइनमा हुनेछन् । थ्रीस्टारले पछिल्लो पटक २०७५ मा आहा गोल्डकप जित्दा केसी प्रशिक्षक केसी र कप्तान लामा थिए । यसपटक गुरुचेलामध्ये एकजना मात्र च्याम्पियन भएर पोखराबाट फर्कने छन् ।

आहामा केसीलाई आर्मीलाई पहिलो पटक च्याम्पियन बनाउने र लामालाई प्रशिक्षकका रुपमा पहिलो उपाधि जित्ने चुनौती हुनेछ । ए डिभिजन लिगको अन्त्यसँगै यहि वर्षको सुरुवातमा थ्री स्टारको कप्तानकै रुपमा सक्रिय खेल जीवनबाट सन्यास लिएका लामा अहिले त्यहि टोलीको मार्फत प्रशिक्षणमा पाइला चाल्ने कोशिसमा छन् ।

आयोजक सहारा क्लब पोखराले शुक्रबार गरेको ‘प्रि–म्याच कन्फ्रेन्स’मा  केसीले जितको आशा राख्दै भने,‘हामी पहिलाको इतिहास दोहोर्‍याउन भन्दा यसपाली आहा रारा जितेर नयाँ इतिहास रच्नको लागि आएको हौैं। जित्नको लागि हामी सक्षम पनि छौं ।’
यसपटक‌ आहामा नयाँ प्रतिभा हेर्न पाइएकोमा उनले खुसी व्यक्त गरे। ‘

आहा राराले नेपाली फुटबलमा खड्कीरहेको खेलाडी अभावलाई चिर्दै  नयाँ प्रतिभावान् खेलाडी छन् भन्ने देखाउन सघाएको छ, उनले थपे,’ हामीले पनि नयाँ खेलाडीलाई मौका दिएर परिपक्क बनाउन प्रयास गरेका छौं।’ पाँच पटकको आहा विजेता  थ्री स्टारलाई  दुईपटक केसीले नै च्याम्पियन बनाएका थिए। उनले फाइनल खेल दर्शकलाई हेर्न लायक खेल हुने विश्वासले राखे ।

थ्री स्टारका लामाले प्रशिक्षक हुने काम सहज नभएको उल्लेख गर्दै आफ्नै गुरुको प्रतिष्पर्धी बनेर खेलाउन पाउनु सौभाग्य भएको बताए ।

‘मेघराज केसी हिजो पनि गुरु हुनुहुन्थ्यो, आजपनि हुनुहुन्छ र जीवनभर रहिरहनुहुन्छ’ उनले भने, व्यवसायीक रुपमा खेल्दै गर्दा उहाँले सिकेका कुरालाई रिमाइण्ड गर्ने प्रयास गरेर फाइनल खेलाउने छौं । म  उत्साहित छु। ‘

आफ्नो प्यासनलाई देखाउने एउटा अवसरको रुपमा शनिबारको खेललाई लिएको जनाउँदै उनले थपे ‘मेरो लागि सुवर्ण अवसर पनि हो यो। गुरुले बुझ्ने गरेर सिकाएकोले ती कुरालाई प्रयोग गरेर खेलाउने कोशिस गर्नेछु ।’

केसी जस्तै फाइनल रोमान्चक हुनेमा लामा आशावादी छन् ।  ‘पहिलोमा भन्दा दोस्रोमा, दोस्रोमा भन्दा तेस्रो म्याचमा खेलाडीले सुधारिएको खेल देखाएको कारण हामी उपाधि जित्न तयार छौं,’ उनले भने,  कमी कमजोरीलाई समेत हटाएर फाइनलमा सुन्दर खेल पस्कने कोशिस गर्नेछौं ।

आर्मीका कप्तान भरत खवासले निरन्तरको मेहनतका कारण टोली फाइनल पुग्न सफल भएको बताए । उनले भने, ‘विगतमा मेहनत नपुगेको देखिने गरेकोमा यसपाली त्यस्तो हुन नदिन सबैको प्रयास रहन्छ । राम्रो खेल पस्केर ट्रफी जितेर फर्कने योजना छ । यसपाली सफल हुने विश्वास छ । टिममा एक अर्कामा विश्वास छ। थ्रीस्टारमा विदेशी खेलाडी नभएको केही सहज हुनसक्छ ।’

थ्री स्टारका खेलाडी वीराज महर्जनले जुनियर भाइहरुलाई अगाडि बढाउनुपर्छ भन्ने भावनाले नयाँ खेलाडीलाई कप्तानको भूमिका दिएर उत्साह थप्ने प्रयास गरेको बताए ।

जुनियर खेलाडीलाई पनि ‘क्याप्टेनसिप’ भनेको के हो, टिम भनेको के हो भनेर मनन गर्ने अवसर दिएका छौं। उनले सुनाए , ‘ आफूलाई प्रमाणित गर्नुपर्छ भनेर अनुभव दिनको लागि अवसर दिएका हौं ।’ उनले विदेशी खेलाडी टोलीमा नहुँदा केही फरक नपरेको भन्दै थ्रीस्टारले छैटौं पटक उपाधि जित्ने विश्वास व्यक्त गरे।

उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल पुगेको थियो ।

प्रि–क्वाटरमा राइजिङ स्टार फुटबल क्लबलाई १–० हराउँदै यात्राको सुरूवात गरेको आर्मी क्वाटरफाइनलमा संकटालाई ३–०, सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै पाँचौं पटक फाइनल पुगेको हो । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेको थियो ।

थ्रीस्टारले ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि उचालेको थियो । थ्रीस्टार यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ फाइनल खेल्दा २०७४ मा उपाधि जितेको थियो ।

दुबै टोलीमध्ये जसले जितेपनि आहामा इतिहास बन्नेछ । थ्री स्टार सफल भएमा सर्वाधिक समान ६ पटक उपाधि जित्ने नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी गर्नेछ। आर्मीले जितेमा पहिलो पटक‌ च्याम्पिनसिप बन्नेछ ।

२२ औं संस्करण सम्म संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा र एपिएफ समान १ पटक च्याम्पियन बनेका छन्। २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.