default_image

1 year ago

February 2, 2024

आहा राराको फाइनल डिशहोमको गो एपमा पनि

385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएको छ ।

पोखरा रंगशालामा शनिबार हुने फाइनलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसका‌ साथै डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । ‘गो एप’मा पनि एचडी क्वालिटीमा नै आउने डिशहोमले जनाएको छ।

डिश होमले आहा रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको यो दोस्रो पटक हो ।

सहारा क्लब पोखराले आयोजना गरेको आहा रारा पोखरा गोल्डकपको फाइनलमा यस पटक दुई ए डिभिजन टोली थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। फाइनल खेल दिउँसो १:०० बजे सुरु हुनेछ।

थ्री स्टारले ५ पटक आहा राराको च्याम्पियन बनिसकेको छ भने पाँचौं पटक फाइनल खेल्ने क्रममा रहेको आर्मीले अहिलेसम्म उपाधि जितेको छैन।

थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० र आर्मीले‌ ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै एकअर्कासँगको फाइनल भेट पक्का गरेका थिए।

आहा राराको विजेताले‌१२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.