12 months ago
February 1, 2024
एजेन्सी – क्रिष्टियानो रोनाल्डोले चोटका कारण लियोनल मेस्सीसँग बहुप्रतीक्षित पुनर्मिलनको मौका गुमाउने भएका छन् । अल-नासर प्रशिक्षक लुइस क्यास्ट्रोका अनुसार रोनाल्डोले चोटका कारण आज राति ११:४५ बजे सुरु हुने खेल गुमाउने छन् ।
रोनाल्डो चोटका कारण हाल मैदान बाहिर छन् । बिहीबार रियादमा हुने मैत्रीपूर्ण खेल खेल्नको लागि समयमै उनी फिट हुन सकेनन् । रोनाल्डो र मेस्सीबीचको ‘द लास्ट डान्स’ भनिएको खेलमा रोनाल्डोको उपस्थिति नहुने भएको छ । यी दुई सुपरस्टारको पछिल्लो भेट सन् २०२३ को जनवरीमा भएको थियो । त्यतिबेला मेस्सी सम्मिलित पेरिस सेन्ट-जर्मेनले अल-हिलाल र अल-नासरका खेलाडीहरू मिलेर बनेको अल-स्टार टोली विरुद्ध जित हासिल गरेको थियो । त्यो खेलमा मेस्सी र रोनाल्डो दुबैले समान २ गोल गरेका थिए ।
फ्रान्समा आफ्नो सम्झौताको म्याद सकिएपछि मेस्सी गत वर्ष इन्टर मियामी गएका थिए । रोनाल्डो २०२२ को अन्त्यतिर म्यानचेस्टर युनाइटेड छोडेपछि गत वर्षको सुरुमा अल-नासरमा आबद्ध भएका थिए।
इन्टर मियामी केही दिन अघि साउदी अरेबियाको क्लब अल हिलालसँग पराजित भएको थियो । इन्टर मियामी हाल प्रि-सिजन टुरमा छ । मियामीले आजको खेल पछि हङकङमा हङकङ इलेभेन र जापानमा भिसेल कोबेको सामना गर्नेछ ।
त्यसपछि इन्टर मियामीले फेब्रुअरीमा मेजर लिग सिजन सुरु हुनु अघि अमेरिकामा अर्जेन्टिनाको टोली निवेल ओल्ड ब्वाइज (लियोनेल मेस्सीको पुरानो क्लब) सँग खेल्नेछ । मियामीले फेब्रुअरी २२ मा घरेलु मैदानमा रियल साल्ट लेकसँग खेल्दै मेजर लिग सकर को नयाँ सिजन सुरुवात गर्नेछ।
बार्सिलोनाका पूर्व खेलाडी मेस्सी, सर्जियो बुस्केट्स, जोर्डी अल्बा र नयाँ थपिएका लुइस सुआरेज रोस्टरमा छन् । मेस्सीसँगै बुस्केट्स र अल्बा अघिल्लो सिजनमा क्लबमा सामेल भएका थिए भने सुआरेज यसै सिजनका लागि अनुबन्धित भएका हुन् ।
January 19, 2025
हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]
January 19, 2025
मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]