default_image

9 months ago

February 1, 2024

इलाममा महिला गोल्डकप हुने

348 views

0 Bookmark

दिपक बोहरा, इलाम
इलाममा अर्को महिना प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

ओसिस क्लबको आयोजनामा फागुन २ देखि ७ गतेसम्म महिला गोल्डकप हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टोलीको सहभागिता रहने बताइएको छ ।

जिल्ला झापा, पाँचथर, आयोजक ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जिलिङको मानेभञ्ज्याङ क्लब सँगै अन्य क्लबसँग पनि सहभागिता लागि प्रस्ताव पठाइएको आयोजकले जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ इलामको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुनेछ । गोल्डकपको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

व्यक्तिगत विधा तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, उदियमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.