default_image

7 months ago

February 1, 2024

बगर भाइखलक भेट्रान फुटबल अर्को साता

199 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- बगर भाइ खलकको आयोजनामा आइतबारबाट सुरु हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा ३६ टोलीले को सहभागिता रहने भएको छ ।

पोखरा १ टुडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन वटा उमेर समूहमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए। यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुने बताइएको छ।

‘हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उद्देश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु हो’ अध्यक्ष गुरुङले भने, ‘ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन हामी पनि खेल्नुपर्छ भन्ने भावना युवा पुस्तामा जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं।’

सोही अवसरमा संस्थाले पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । केसी राखेपका पूर्व प्रशिक्षक हुन् ।

प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टोलीको को सहभागिता रहने छ ।

५० वर्षमाथि उमेर समूहको विजेताले १ लाख रुपैयाँ र दोस्रो टोलीले ले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । ५० वर्षमाथिमा ९ टोलीको सहभागिता रहने छ ।

६० वर्षमाथिको विजेता टोलीले ले ५० हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । सो विधामा ४ टोलीको सहभागिता रहनेछ ।

एक हप्तासम्म चल्ने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रा.लि र सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके रहेको छ ।
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहने बताइएको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल आयोजना गर्दै आएको‌ छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.